मीठो माँया पाएँ भने पल्किदिन्छु म त ।
चाहिन्न है हिरा मोती अँगालोमा बाँध ..
होइन भने डडेलो झैं सल्किदिन्छु म त ।
सम्झनामा आई राख्नु नबिर्सनु मलाई ..
तिम्रो काख दियौ भने ढल्कि दिन्छु म त ।
भुल्ने कष्ट नगर है मनैभित्र राख ..
बिर्स्यौ भने आँखाबाट छल्कि दिन्छु म त ।
बिर्सिएर कँहि कतै भाग्न खोज्यौ भने ..
सपनीमा भएपनी झल्किदिन्छु म त ।
0 comments:
Post a Comment