Tuesday, April 8, 2014
Friday, April 4, 2014
Wednesday, April 2, 2014
मेरी आमा
12:52 AM
No comments

तोरीको तेल तालुमा ठोकी बसाई काखमा
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै
मेरी आमा
मेरी आमा
12:49 AM
No comments

कतिको मेला धायनौ आमा यो पेट भर्नलाई !!
आफुले झुत्रो छोडीनौ आमा यो ज्यान ढाक्नलाई !
कहिले पनी थाकिनौ आमा सक्दिन भुल्नलाई !!
अहिले पनी त्यों माया मलाई घटेको छैन नि !
यतिका माया यो मेरो मनमा अटेको छैन नि !!
नसुक्ने तिम्रो मायाको कुवा मुलपानी जस्तो हो !
तिमी त मेरो जिन्दगी भर कै अमूल्य बस्तु हौ !!
मेरी आमा
मीठो माँया पाएँ भने पल्किदिन्छु म त ।
12:39 AM
No comments
मीठो माँया पाएँ भने पल्किदिन्छु म त ।
चाहिन्न है हिरा मोती अँगालोमा बाँध ..
होइन भने डडेलो झैं सल्किदिन्छु म त ।
सम्झनामा आई राख्नु नबिर्सनु मलाई ..
तिम्रो काख दियौ भने ढल्कि दिन्छु म त ।
भुल्ने कष्ट नगर है मनैभित्र राख ..
बिर्स्यौ भने आँखाबाट छल्कि दिन्छु म त ।
बिर्सिएर कँहि कतै भाग्न खोज्यौ भने ..
सपनीमा भएपनी झल्किदिन्छु म त ।
नेपाली म हुँ
12:38 AM
No comments
सन्सार को सुप्रसिद्ध गोर्खाली हुँ
मेरो मन्मा भक्त्ती नेपालिता को छ
मेरो पाखुरामा शक्ति कालिका को छ
चन्द्र जस्तो टल्कियेको खुकुरी भिरे
कराल काल सङ लड्न सम्म दर्दिन
नेपाली को .....
मैले जन्मिये को देश मातृ देश हो
मैले पैरिएको भेष मात्रृ भेष हो
मातृदेश मात्रृभेष मात्रृ बोलिको
सर्बदा सुरक्षा गर्नु कर्तव्य हो
नेपाली को ....
साह्रै मन पर्यो
12:31 AM
No comments
रुपरङ्ग नि साह्रै राम्रो जिउडाल पनि सही
मान्छे पनि सानी सानी साह्रै मन पर्यो
मान्छे पनि सानी सानी साह्रै मन पर्यो
कल्कलाउँदो जोवन तिम्रो हर्बराउँदो वैँश
मुखै भयो पानी पानी साह्रै मन पर्यो
मुखै भयो पानी पानी साह्रै मन पर्यो
मन पराउँछु माया गर्छु थाहा पाएकी छ
नाटक गर्छे जानी जानी साह्रै मन पर्यो
नाटक गर्छे जानी जानी साह्रै मन पर्यो
उसैसँग जोडिए छ मेरो सारा सुख दुख
बनाउने हो दिलकी रानी साह्रै मन पर्यो
दरवार भित्रै बस्छौ अरे, रानी जस्तै पाल्छन होला
12:27 AM
No comments
दरवार भित्रै बस्छौ अरे, रानी जस्तै पाल्छन होला
मिठो चोखो खान्छौ अरे , खसी सधै ढाल्छन् होला
खरको छाना चुहिएर,पानी झर्थे थाहा थियो तिम्लाई
भब्य महल तिम्रो छरे, सुनै सुनले टाल्छन होला...
माया देउला तिम्लाई भन्थे , जाडो हुदा ओढ्नलाई
एसी तिम्रो रूम्मै छरे ,हिटर पनि बाल्छन होला ...
कस्ती थियौ कस्ती भयौ, कहिले कही सोच्ने गर्छू
पैसा संगै बिकेउ अरे ,कठोर मन नी गाल्छ्न होला ..
मिठो चोखो खान्छौ अरे , खसी सधै ढाल्छन् होला
खरको छाना चुहिएर,पानी झर्थे थाहा थियो तिम्लाई
भब्य महल तिम्रो छरे, सुनै सुनले टाल्छन होला...
माया देउला तिम्लाई भन्थे , जाडो हुदा ओढ्नलाई
एसी तिम्रो रूम्मै छरे ,हिटर पनि बाल्छन होला ...
कस्ती थियौ कस्ती भयौ, कहिले कही सोच्ने गर्छू
पैसा संगै बिकेउ अरे ,कठोर मन नी गाल्छ्न होला ..
Subscribe to:
Posts (Atom)
RAJAN KC. Powered by Blogger.